
बिर्तामोड, बैशाख १७ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। केही दिनयता सुनचाँदी ओरालो लागिरहेको छ । दुई साताअघि ३ लाख लाघेको सुन फेरि घट्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले घटेर २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार सुन तोलामा २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

महासंघका अनुसार बुधबार ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ।





