
बिर्तामोड, बैशाख २७ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने रु २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ३०० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २७५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ





