२०८३ जेठ ४ सोमबार
Jhapa Today
Adv top

आज पूर्वी नेपालमा मध्यम वर्षा हुने


बिर्तामोड, जेठ ४ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । झापामा आज बिहान ३ बजे वर्षा भएको छ । पूर्वी नेपालमा बादल लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । आज दिनभर आधिकांश भूभागमा मौसम चिसो रहने अनुमान गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशको हिमाली भू–भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ भने बाँकी हिमाली, पहाडी र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आगामी समयमा कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

Adv footer