२०८३ जेठ ४ सोमबार
Jhapa Today
Adv top

मेचीनगरमा आगलागी हुँदै ६ लाख बराबरको क्षति


बिर्तामोड, जेठ ४ । झापाको मेचीनगर नगरपालिका–१३ कालिरोडस्थित मित्तल एग्रोमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड नगरपालिका–३ का दिपेन्द्रकुमार अग्रवालले सञ्चालन गरेको उद्योगमा हिजो अचानक आगलागी भएको हो ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली तथा उद्योगका कामदारहरूको सहयोगमा राति ९ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट चामल तथा मकैको च्याख्ला बनाउने मेसिन पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबा सम्बन्धमा अनुसन्धान सुरु गरेको बताएको छ । आगलागीको कारण विद्युत सर्ट भएर भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

Adv footer