२०८३ जेठ ११ सोमबार
Jhapa Today
Adv top

बढ्यो सुनचाँदीको मूल्य


बिर्तामोड, जेठ ११ । सुनको भाउ सोमबार तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । केही दिनयता सुनको भाउ तलमाथि भइरहेको छ । तर, बढ्ने र घट्ने दर उच्च छैन ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदीको भाउ तोलामा १४० रुपैयाँ बढेको छ । महासंघले आजका लागि चाँदीको भाउ प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, गत सोमबार चाँदीको भाउ ५ हजार ४० रुपैयाँ थियो ।

Adv footer