२०८३ जेठ १४ बिहीबार
Jhapa Today
Adv top

बाह्रदशीमा ट्याक्टरबाट लडेर घाइते भएका हेमरमको मृत्यु


बिर्तामोड, जेठ १४ । झापाको बाह्रदशीमा ट्याक्टरबाट लडेर घाइते भएका सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना जेठ १० गते १२ बजे भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा बाह्रदशी-३ का ३३ वर्षीय शिवलाल हेमरम रहेका छन् । उनको आज राति १२ः२५ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय गणेश गिरीको घरको आँगनमा मे. १ त ६२६८ नम्बरको ट्याक्टरमा बालुवा अनलोड गर्ने क्रममा हेमरम ट्याक्टरबाट लडेका थिए । उनको पेटमा चोट लागेको थियो ।

घाइते हेमरमको स्थानीय मेडिकल राजगढमा उपचार भएपछि डिस्चार्ज दिइएको थियो । जेठ १२ गते उनलाई चोटको कारण दुखाई बढेपछि पुनः उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो ।

हेमरमको नोभेल अस्पताल विराटनगरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर चालक बाह्रदशी २ घर भई वडा नम्बर ३ बस्ने लुखीराम टुडुलाई नियन्त्रणमा लिएको छ ।

Adv footer