२०८३ जेठ १६ शनिबार
Jhapa Today
Adv top

कनकाईमा दाउ प्रहारबाट राजवंशी घाइते, विष्ट पक्राउ


बिर्तामोड, जेठ १६ । झापाको कनकाईमा एकजना युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । पुरानो रिसइबीका कारण हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटना हिजो साँझ ६ बजे कनकाई–५ चप्रामारीमा भएको हो । उनीहरुबीच पुरानो रिसइबी के थियो भन्नेबारे प्रहरीले खुलाएको छैन ।

कनकाई–५ तुलसीबारीका २५ वर्षीय दपक विष्टले बाह्रदशी ७ का ३० वर्षीय सूर्यलाल राजवंशीमाथि दाउ प्रहार गरेका हुन् । घटनापछि विष्ट लुकेका थिए ।

कनकाई-५ र बाह्रदशी-७ सीमावर्ती वडा हुन् । बाटोमा हिँडिरहेको अवस्थामा विष्टले राजवंशीलाई दाउले हानेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीले दाउले हान्ने विष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ भने घाइते राजवंशीको बिएन्डसी अस्पताल बिर्तामोड उपचार भइरहेको छ ।

Adv footer