Category: 'अपराध'

सीमाबासीको गुनासो सुन्दै सशस्त्र प्रहरी गौरीगञ्जमा
बिर्तामोड, चैत २० । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि गौरीगञ्जका सीमाबासीसँग अन्तरक्रिया गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्न सशस्त्र प्रहरी […]
बिर्तामोडका मगर ब्राउनसुगरसहित पक्राउ
बिर्तामोड, चैत २० । झापा बिर्तामोडका गंगाप्रसाद मगर प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् । बिर्तामोड १ का २१ वर्षीय मगर हिजो राति पक्राउ परेका हुन् । हिजो राति ८ः५० बजेको समयमा मेचीनगर १० धुलाबारीचोकमा […]
मेची पुलबाट ब्राउन सुगरसहित एक युवती पक्राउ
मेचीनगर, चैत २० । झापाको काँकरभिट्टास्थित मेची पुलबाट ब्राउन सुगर र नगदसहित एक युवती पक्राउ परेकी छन् । मेचीनगर–६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा चढेर आउँदै गरेकी सुनसरी रामधुनी–७ की २४ […]
निन्दा खोलाबाट तीनवटा ट्र्याक्टर नियन्त्रणमा
मेचीनगर, चैत १९ । नदीजन्य पदार्थ अवैध रुपमा ओसारपोसार गरिरहेका तीनवटा ट्र्याक्टरलाई प्रहरीले मेचीनगरको निन्दा खोलाबाट नियन्त्रणमा लिएको छ । प्रहरीले हिजो दिउँसो २ः३० बजेको समयमा मेचीनगर १५ स्थित निन्दा खोलाबाट मे.१ त ४६१, मे.१ […]
मेची नदीमा एक पुरुष मृत भेटिए
बिर्तामोड, चैत १८ । नेपाल-भारत भएर बग्ने मेची नदीमा एक जना मृत भेटिएको छ । भद्रपुर नगरपालिका-३ स्थित बैसाबारीमा अन्दाजी ४० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बैसाबारीको […]
बिरिङ पुलमा मोटरसाइकल दुर्घटना हुँदा आठ वर्षीय बालकको मृत्यु
बिर्तामोड, चैत १८ । झापाको कनकाई नगरपालिका–८ बिरिङ पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना बालकको मृत्यु भएको छ । हिजो दिउँसो ४ः३० बजे लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश–१–०१–०१२ प ५७७० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना […]
ट्र्याक्टर दुर्घटनामा बुद्धशान्तिका लिम्बूको मृत्यु
बिर्तामोड, चैत १८ । खोटाङको बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा भएको ट्र्याक्टर दुर्घटनामा झापा बुद्धशान्ति गाउँपालिका–४ शान्तिनगरका २८ वर्षीय अमृत लिम्बूको मृत्यु भएको छ । बराहपोखरीको भीरगाउँस्थित रुम्दुबाट रसुवाघाटतर्फ खयरको काठ लिएर गइरहेको मे. १ त ८५९७ […]
गौरादहमा कुटपिट गरी महिलाको हत्या, छिमेकी पक्राउ
दमक, चैत १८ । झापाको गौरादहमा एक महिलाको हत्या भएको छ । गौरादह-७ तामाङचोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको हो । बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई […]
कमल गाउँपालिकामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु
दमक, चैत १७ । झापाको कमल गाउँपालिकामा शुक्रबार राति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । तीन दिनअघि मात्रै शिवसताक्षीकी एक महिलाको हात्तीकै आक्रमणबाट मृत्यु भएको थियो । प्रहरीका अनुसार कमल गाउँपालिका वडा नम्वर […]