Category: 'अपराध'

मेची भन्सारबाट जाँचपास भएर निस्किएको दुईवटा ट्रक प्रहरी नियन्त्रणमा
बिर्तामोड, चैत २७ । काँकरभिट्टास्थित मेची भन्सार कार्यालयबाट जाँचपास भएर निस्किएको दुईवटा भारतीय नम्बर प्लेट भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको […]
मेचीपुलबाट लागुऔषधसहित दमकका महत पक्राउ
बिर्तामोड, चैत २७ । भद्रपुरस्थित मेची पुलबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमकका दिलिप महत रहेका छन् । भद्रपुर नगरपालिका–५ स्थित प्रहरी बिट मेचीपुलमा खटिएको प्रहरी टोलीले सोमबार साँझ साढे ७ बजेको […]
बिर्तामोडमा मोटरसाइकल चोर्दाचोर्दै भद्रपुरका गुरुङ पक्राउ
बिर्तामोड, चैत २७ । झापाको बिर्तामोडमा चोरीको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९ का १९ वर्षीय हरि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–८ स्थित डाँडागाँउबाट गुरुङलाई […]
कुवेतमा श्रम शोषणमा परेकी मेचीनगरकी सपनाको उद्धारका लागि आग्रह
मेचीनगर, चैत २६ । वैदेशिक रोजगारीका लागि कुवेत गएकी झापाको मेचीनगर–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेकी छन् । काठमाडौँका नारायण थापा नामका एजेन्टले […]
दमकमा मोटरसाइकल दुर्घटनामा दुई घाइते
बिर्तामोड, चैत २६ । झापाको दमकमा मोटरसाइकल दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । हिजो राति ९ः३० बजेको समयमा दमक–१ भाङबारीस्थित भित्री सडकखण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प २५६१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित […]
छात्रामाथि कुटपिट गर्ने मंगलमय माविका प्रधानाध्यापक बगाले निलम्बित
बिर्तामोड, चैत २६ । फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनकुमार बगाले निलम्बनमा परेका छन् । एक साताअघि कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला […]
शृंखलाबद्ध चोरी गरेको आरोपमा भद्रपुरका विश्वकर्मा राजगढमा पक्राउ
भद्रपुर, चैत २३ । शृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा भद्रपुर नगरपालिका-७ का एक युवक गएराति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर ७ का २६ वर्षीय मुकेश विश्वकर्मा रहेका छन् । राति १२ बजेतिर बाह्रदशी-२ […]
बाह्रदशीमा पतिले गरे खुकुरी हानेर पत्नीको हत्या
बिर्तामोड, चैत २२ । झापाको बाह्रदशी गाउँपालिका १ मा आज बिहानै पतिले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् । पति विदेशबाट भर्खरै नेपाल आएका हुन् । आज बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का […]
कमलमा बलेँसीमा लडेर वृद्धाको मृत्यु
दमक, चैत २१ । झापाको कमल गाउँपालिकामा बलेँसीमा लडेर एकजना ज्येष्ठ नागरिक महिलाको मृत्यु भएको छ । आज बिहानै कमल २ बस्ने ७८ वर्षीया कमलादेवी अधिकारीको बलेँसीमा लडेर मृत्यु भएको हो । घरमा एक्लै बस्दै […]