Category: 'हाम्रो झापा'
दमक बाल अस्पताललाई आनी छोइङ डोल्माको एक करोड ८० लाख सहयोग
दमक, भदौ २६ । गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । काठमाडौँमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउन्डेसनका तर्फबाट काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख […]
कृपाको स्वरमा तीज गीत ‘रातो सारीमा’
बिर्तामोड, भदौ २५ । तीजलाई लक्षित गरेर सारेगमप लिटल च्याम्प्स नेपालकी विजेता कृपा पौडेलले ‘रातो सारीमा’ बोलको गीत तथा भिडियो ल्याएकी छन् । कृपाको स्वरमा रहेको तीज गीत आफ्नै अफिसियल युट्युब च्यानल कृपा पौडेलबाट रिलिज […]
झापाकी १२० वर्षीया राजवंशी नेपालकै ज्येष्ठ नागरिक हुनसक्ने दाबी
मेचीनगर, भदौ २५ । झापाको मेचीनगर ७ मदनबस्तीकी १२० वर्षीया पोहानी राजवंशी नेपालकै ज्येष्ठ नागरिक हुनसक्ने परिवारले दाबी गरेको छ । उनका छोरा फतलाल राजवंशीका अनुसार आमाको उमेर १२० वर्ष हो । तर, नागरिकता प्रमाणपत्रका […]
दमकमा मरेको माछा बिक्रीमा रोक, खुला रुपमा मासु नबेच्न निर्देशन
दमक, भदौ २५ । बिर्तामोड नगरपालिकापछि झापाको दमक नगरपालिकाले पनि मरेको माछा बिक्रीमा रोक लगाउने निर्णय गरेको छ । नगरपालिकाले खाद्य स्वच्छता र गुणस्तर, हामी सबैको सरोकार भन्ने नारा तय गर्दै मरेको माछा बेच्न रोक […]
झापाको चुरेक्षेत्र दोमुखामा बस्ती बसेको ७० वर्षपछि खानेपानी
बिर्तामोड, भदौ २५ । झापाको शिवसताक्षी वडा नम्बर १० को चुरेक्षेत्रमा पर्ने दोमुखामा नुनमाटी खानेपानी योजनाले स्थानीयका लागि खानेपानी सञ्चालनमा ल्याएको छ । सो क्षेत्रमा बस्ती बसेको झन्डै ७० वर्षपछि खानेपानी आएको हो । यसअघि […]
एनसिडिए झापामा सर्वसम्मत समितिको तयारी, अध्यक्षमा खड्काको चर्चा
बिर्तामोड, भदौ २५ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) को केन्द्रीय समितिको निर्वाचन सकिएलगत्तै झापामा चुनावी सरगर्मी बढेको छ । एनसिडिए झापाले यही असोज १२ गतेलाई चुनावी जिल्ला अधिवेशनका लागि मिति तय गरेको छ । […]
नेपाली सेनाद्वारा बिर्तामोडमा व्यावसायिक फलफूल खेती तालिम सुरु
बिर्तामोड, भदौ २४ । नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत रहेको हिताधिकारी कल्याण केन्द्र इटहरीले माटो र हावापानी सुहाउँदो व्यावसायिक फलफूल खेती तालिम सुरु गरेको छ । बिर्तामोड १० स्थित तेलगानी पोखरी परिसरमा आजबाट सुरु भएको […]
मेची आँखा अस्पतालद्वारा भद्रपुरमा १५ शैय्याको उपचार केन्द्र सञ्चालनमा
भद्रपुर, भदौ २४ । मेची आँखा अस्पतालले झापाको भद्रपुरमा मेची आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । अस्पतालले भद्रपुर ५ मा रहेको जग्गामा भवन निर्माण गरी आइतबार आजदेखि अन्तरंग विभाग सञ्चालनमा ल्याएको हो । दाता […]
झापामा प्रत्येक २७ घण्टामा एकजनाको आत्महत्या !
बिर्तामोड, भदौ २४ । डिप्रेसनलगायत आर्थिक समस्याका कारण झापामा सरदर २७ घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा मात्रै ३४ जनाले आत्महत्या गरेका छन् […]



