Category: 'समाचार'
वैदेशिक रोजगारीका नाममा बढ्यो ठगी धन्दा
बिर्तामोड, साउन ११ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१-८२ मा १२ हजार ७९० उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८०-८१ मा सात हजार […]
काँकरभिट्टा नाकाबाट ३२ प्रतिशतले बढ्यो चिया निर्यात
बिर्तामोड, साउन ११ । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१–८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको […]
सानो माई खोलामा डुबेर बृद्धको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको झापा गाउँपालिका १ स्थित सानो माई खोलामा डुबेर एकजना बृद्धको मृत्यु भएको छ । चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका १ सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आज बिहान […]
दमकमा हात्तीको आक्रमणबाट दुई महिला घाइते
बिर्तामोड, साउन ११ । झापाको दमकमा जंगली हात्तीले आक्रमण गर्दा दुईजना महिला गम्भीर घाइते भएका छन् । उनीहरुको दमक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्ती आक्रमणबाट दमक-१ बरगाछीका ४७ वर्षीया […]
भद्रपुरमा गोली चलाएर भारतीय लागुऔषध कारोबारी पक्राउ
बिर्तामोड, साउन ११ । लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा प्रहरीले गोली चलाएको छ । काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली शनिबार दिउँसो चलाएको […]
हल्दिबारी आगलागीका घाइते ओलीको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको हल्दिबारीमा एक घरमा भएको आगलागीमा घाइते भएका एकजनाको मृत्यु भएको छ । आगलागीमा परिवारका पाँचजना घाइते भएका थिए । पाँच दिनअघि भएको सो आगलागीका घाइते घरधनी हल्दिबारी-४ ओलीचोकका ६० वर्षीय […]
‘प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी’
बिर्तामोड, साउन ९ । प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी हुने गरेको जनाइएको छ । उपभोक्तालाई राहत वितरण गरिएको काठ प्रहरीको संरक्षण र संलग्नतामा तस्करी हुँदै आएको विकृतिका विरुद्ध स्थानिय सचेत युवाहरू एकजुट भएर घटनाको […]
अधिकांश कन्सल्टेन्सी बिनादर्ता सञ्चालनमा
बिर्तामोड, साउन ९ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा एजुकेसनल कन्सल्टेन्सी दर्ता प्रमाणपत्र र अनुमतिबिना नै सञ्चालन भएको, परामर्श सेवाका नाममा चर्को शुल्क असुलेको तर त्यसको बिलबिजक जारी नगरेको भन्दै उजुरी आयो । त्यो […]
पूर्वका केही ठाउँमा हल्का वर्षा
बिर्तामोड, साउन ९ । पूर्वका केही ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । झापा, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज केही ठाउँमा आज मेघगर्जन र […]



