Category: 'समाचार'
गौरीगञ्जमा स्कुल बसको ठक्करबाट बुवाछोरा घाइते
दमक, मंसिर १९ । झापाको गौरीगञ्जमा स्कुल बसले ठक्कर दिँदा बुवाछोरा घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक गौरीगञ्ज आँपगाछी बस्ने १९ वर्षीय अन्वारीशकुमार राजवंशी र मोटरसाइकलमा पछाडि बसेका उनका बुवा ५५ वर्षीय फागु राजवंशी […]
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको अध्यक्षमा ओली
मेचीनगर, मंसिर १९ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (काँकरभिट्टा एफटिसी) को अध्यक्षमा दिनेश ओली नवराज सर्वसम्मत चयन भएका छन् । झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको सेन्टरको तेस्रो अधिवेशनले ओलीको नेतृत्वमा […]
बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा
बिर्तामोड, मंसिर १९ । दस दिनपछि हुने बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि अस्थायी प्यारापिट निर्माण […]
बिर्तामोड ७ मा हात्तीबाट जोगिन ‘एक घर एक बत्ती अभियान’
बिर्तामोड, मंसिर १९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा ’एक घर एक बत्ती अभियान’ सुरुवात भएको छ । जंगली हात्ती प्रभावित यस वडामा स्थानीयलाई राति हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले ’एक घर […]
बिर्तामोड कृषि थोक बजारमा सस्तियो प्याज, आकाशियो टमाटर
बिर्तामोड, मंसिर १९ । झापको बिर्तामोड कृषि थोक बजारमा प्रतिकिलो अधिकतम १३० रुपैयाँसम्म पुगेको प्याज पछिल्ला दिन घट्दै गएको छ । आज बुधबार हटिया लाग्ने दिन प्याज प्रतिकिलो अधिकतम ९० र न्यूनतम ८० रुपैयाँमा कारोबार […]
गौरादहमा आगलागी हुँदा १५ लाखको क्षति
बिर्तामोड, मंसिर १९ । झापाको गौरादहमा आगलागी भएको छ । आगलागीबाट १५ लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले जनाएको छ । हिजो राति ११ः४५ बजे गौरादह ४ डोरामारीमा भएको आगलागीबाट छवटा चौपाया जलेर मरेका छिन् । […]
वीरता लेडी जेसिजले ‘सहारा साहित्य साँझ’ गर्ने
बिर्तामोड, मंसिर १८ । झापाको बिर्तामोडमा ‘यौन मनोविज्ञान र प्रेम’ विषयमा प्यानल छलफल र गजल साँझ आयोजना गरिने भएको छ । वीरता लेडी जेसिजको आयोजनामा यही मंसिर २१ गते कार्यक्रम हुने भएको आज पत्रकार सम्मेलन […]
मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, मंसिर १८ । झापाको मेचीनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर-१० सहिदचोक बस्ने अन्दाजी ५५ वर्षीय किसन न्यौपानेको मृत्यु भएको हो । धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको सो बसले […]
औषधि व्यवसायी संघको संयुक्त निर्णय: सदस्यबाहेकलाई लोगो प्रयोग नगर्न आग्रह
बिर्तामोड, मंसिर १८ । नेपाल औषधि व्यवसायी संघ झापा, मोरङ र सुनसरी शाखाका कार्यसमितिको संयुक्त बैठकले संघमा दर्ता भएका व्यवसायीलाई मात्र संघको लोगो प्रयोग गर्न दिने निर्णय गरेको छ । आज विराटनगरमा सम्पन्न तीन जिल्लाको […]

