Category: 'समाचार'
कनकाई उपप्रमुखको गाडी सुरुंगा प्रहरीलाई
बिर्तामोड, पुस ७ । झापाको कनकाई नगरपालिका क्षेत्रको शान्ति–सुरक्षा मजबुत बनाउन कनकाई नगरपालिकाले इलाका प्रहरी कार्यालय सुरुंगालाई एकथान गाडी हस्तान्तरण गरेको छ । जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडी आगजनीमा परेपछि उत्पन्न भएको सुरक्षा चुनौतीलाई मध्यनजर […]
अर्जुनधारामा भीरबाट लडेर मगरको मृत्यु
बिर्तामोड, पुस ७ । झापाको अर्जुनधारामा भीरबाट लडेर एकजना बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । भीरबाट लड्नुको कारण भने थाहा हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेका अर्जुनधारा-२ लाप्चेटारका अन्दाजी […]
काँकरभिट्टामा सीमापार पर्यटनको अवस्था, चुनौती र अवसरबारे अन्तरक्रिया
बिर्तामोड, पुस ७ । पूर्वी नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने उद्देश्यले दर्ता भएको पर्यटन मञ्च झापा, नेपालले आज अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा विभिन्न क्षेत्रका पर्यटन विषयका व्यक्तिहरु सहभागी थिए । झापाको काँकरभिट्टामा सरोकारवालाहरुसँग मञ्चले […]
सुन तोलाको २ लाख ६१ हजार ७००
बिर्तामोड, पुस ७ । नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च […]
उपभोक्ता झुक्याउँदै फुड सप्लिमेन्ट, स्किन केयर तथा ब्युटी प्रोडक्ट
बिर्तामोड, पुस ७ । नेपाली बजारमा फुड सप्लिमेन्ट र स्किन केयर तथा ब्युटी प्रोडक्टले उपभोक्तालाई झुक्याउँदै आएको पाइएको छ । पछिल्लो समय सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट विज्ञापन गर्न लगाएर यस्ता उत्पादनमा अत्यधिक मूल्य लिने गरेको पाइएको […]
तारमा अल्झिएर घाइते भएका शरणामतीका कटवालको मृत्यु
बिर्तामोड, पुस ७ । झापाको झापा गाउँपालिकास्थित कामाटोली बजारमा करिब साढे तीन महिनाअघि अव्यवस्थित इन्टरनेटको तारमा अल्झिएर घाइते भएका एकजना स्थानीय सामाजिक अगुवाको मृत्यु भएको छ । तारमा अल्झिएर दुर्घटनामा परेका झापा-६ का शरणामतीका ५५ […]
लसुनाबाट भित्रिँदै अवैध माछा, बिर्तामोडका व्यापारीले मिलाउँछन् प्रहरीसँग सेटिङ
बिर्तामोड, पुस ७ । काँकरभिट्टा नाकाबाट नेपाल ल्याउँदा क्वारेन्टाइन जाँच गर्नु परेपछि बिर्तामोडका माछा व्यापारीले झापाको लसुना र रसुनगञ्ज नाका हुँदै मरेको माछा भित्र्याउँदै आएका छन् । प्रहरीसँगको मिलेमतोमा व्यापारीले ती नाकाको प्रयोग गर्दै आएका […]
बिर्तामोडबाट लुटिएको म्याग्जिन चिया बगानमा भेटियो
बिर्तामोड, पुस ७ । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटमा हतियार चोरी भएको थियो । बिर्तामोड ६ […]
सरकारले अनलाइन टेलिभिजनलाई दर्ता र सूचीकरण गर्ने
बिर्तामोड, पुस ६ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिताको पेसागत सुरक्षा र संस्थागत विकासका लागि दर्ता र सूचीकरणको काम […]

