Category: 'समाचार'
लुटपाट गरिएका सामग्री फिर्ता गर्न बिर्तामोड नगरपालिकाको आग्रह
बिर्तामोड, भदौ ३० । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपलगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै भदौ २३ र २४ गते जेनजी समूहले […]
राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक विदा
बिर्तामोड, भदौ ३० । सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले […]
काँकरभिट्टा नाका आजदेखि सञ्चालनमा
मेचीनगर, भदौ ३० । जेनजी पुस्ता समूहको आन्दोलनका कारण ठप्प बनेको पूर्वी नेपालको काँकरभिट्टा नाका आजदेखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाका आज दिउँसोदेखि सञ्चालनमा आएको हो । […]
कारागारबाट भागेका थप दुई कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३० । झापाबाट थप दुईजना कैदी पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका कैदीहरु धमाधम पक्राउ पर्ने क्रममा झापामा थप दुईजना पक्राउ परेका हुन् । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट […]
सामान्य बढ्यो सुनको मूल्य
बिर्तामोड, भदौ ३० । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य एक सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो […]
झुम्काबाट भागेका अर्का एक कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३० । जेनजीको तोडफोड र आगजनीका कारण झुम्का कारागारबाट भागेका अर्का एकजना कैदीलाई झापामा पक्राउ गरिएको छ । भदौ २४ गते झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी बलबहादुर राईलाई नियन्त्रणमा लिइएको हो […]
जेनजीको विध्वंशपछि पुरानो लयमा आउँदै जनजीवन
बिर्तामोड, भदौ ३० । जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताए […]
शरीरमा पानी कम हुँदा देखिने समस्या
बिर्तामोड, भदौ २९ । शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट शरीर पानी […]
लागुऔषध कारोबार गर्ने बिर्तामोडका खरेल स्थानीयबासीको नियन्त्रणमा
बिर्तामोड, भदौ २८ । औषधिजन्य लागुऔषध बरामद भएपछि फरार रहेका झापा बिर्तामोडका औषधि व्यवसायी भानुभक्त खरेललाई स्थानीयबासीले नियन्त्रणमा लिएका छन् । खरेललाई आज दिउँसो नियन्त्रणमा लिइएको हो । बिर्तामोड बसपार्क आसपासमा रहेका उनलाई स्थानीयबासीले नियन्त्रणमा […]

