Category: 'समाचार'
पौने तीन करोड जरिवाना सुनाइएका बिर्तामोडका विश्वकर्मा पक्राउ
बिर्तामोड, जेठ २७ । झापा प्रहरीले राजस्व चुहावटसम्बन्धी मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोडका अमिर ल्वागुन विश्वकर्मा छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काका अनुसार बिर्तामोडा–८ का […]
‘गाउँगाउँमा पुग्ने मेनपावरका एजेन्टमाथि निगरानी आवश्यक’
भद्रपुर, जेठ २७ । झापाको भद्रपुरमा श्रम तथा रोजगारसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ । वैदेशिक रोजगारीको नाममा ठगिने क्रम बढिरहेकोले गाउँघरमा खटिएका एजेन्टहरूमाथि पनि प्रहरीले निगरानी बढाउनुपर्ने वक्ताहरुले बताए । कार्यक्रममा भद्रपुर नगरपालिका क्षेत्रको […]
गायिका रचना अचानक सिकिस्त, हेलिकप्टरबाट लगियो काठमाडौँ
बिर्तामोड, जेठ २७ । अहिलेकी लोकप्रिय गायिका रचना रिमाल आकस्मिक रूपमा बिरामी परेपछि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । सांगीतिक कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान काठमाडौाको ह्याम्स अस्पतालमा भर्ना […]
तेस्रो कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिता राष्ट्रियस्तरको हुने, विजेतालाई पाँच लाख
बिर्तामोड, जेठ २७ । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको हो । झापामा पहिलोपटक […]
राष्ट्रपति रनिङ शिल्ड: प्रदेशमा झापा दोस्रो, केन्द्रका लागि २३ खेलाडी छानिए
बिर्तामोड, जेठ २७ । १५ औँ राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाबाट २३ जना खेलाडी छनोट भएका छन् । प्रतियोगिता जेठ २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुनेछ । कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट झापाका […]
पानी नपर्दा उधुम गर्मी, बुधबारदेखि वर्षा हुने
बिर्तामोड, जेठ २७ । झापासहित पूर्वी तराईका धेरै ठाउँमा गर्मी अत्यधिक बढेको छ । पहाडी भेगमा पनि तापक्रम वृद्धि भएको छ । पानी नपर्दा देशभर उकुसमुकुस गर्मी बढेको हो । देशका कतिपय स्थानको अधिकतम तापक्रम […]
एसियन हाइवेः वर्षात अगाडि चारवटा डाइभर्सन बनिनसक्ने
बिर्तामोड, जेठ २७ । झापामा निर्माणाधीन एसियन हाइवेअन्तर्गत चारवटा डाइभर्सन असारअगाडि बनिनसक्ने भएको छ । बाँकी रहेका अरु डाइभर्सन भने निर्माण सम्पन्न हुने जनाइएको छ । काँकरभिट्टाको काली खोलाको पुलमा ढलानका ४ भागमध्ये एक भाग […]
विद्यालय खेलकुदको बास्केटबलमा कोशी प्रदेशलाई उपाधि
बिर्तामोड, जेठ २६ । यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्रि बाइ थ्रि बास्केटबलको छात्रतर्फको उपाधि कोशी प्रदेशले जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेशलाई १७-१२ को स्कोरमा हरायो । लुम्बिनी […]
कोभिड बढेपछि झापामा सीमानाकामा सतर्कता
बिर्तामोड, जेठ २६ । भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमित फेला पर्न थालेपछि झापाका सीमानाकामा सतर्कता बढाइएको छ । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच […]




