Category: 'अपराध'

अर्जुनधाराका दुईजना ब्राउन सुगरसहित चारआलीबाट पक्राउ
मेचीनगर, पुस १४ । झापाको मेचीनगर १३ चारआली चोकस्थित पूर्वपश्चिम राजमार्गबाट प्रतिबन्धित लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा ११ का २९ वर्षीय मनिष मोक्तान र उनले चलाएको मोटरसाइकल पछाडि बसेका सोही […]
हात्तीले आक्रमण गर्दा शिवसताक्षीका राईको मृत्यु
बिर्तामोड, पुस १३ । झापाको शिवसताक्षीमा जंगली हात्तीले आक्रमण गर्दा मेघराज राईको मृत्यु भएको छ । घरमै सुतिरहेका झापा शिवसताक्षी ११ सिर्जना टोलका ४६ वर्षीय राईलाई राति १ बजेतिर हात्तीले आक्रमण गरेको थियो । राईको […]
बिर्तामोडको चैतुबारीका पौडेल करोडौँ ठगेर सम्पर्कविहीन
बिर्तामोड, पुस १२ । झापाको बिर्तामोड-२ चैतुबारी बजारमा पूजा सामग्रीको पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय घनश्याम पौडेल करोडौँ रकम ठगेर सम्पर्कविहीन भएका छन् । पौडेल स्थानीयहरुको पाँच करोड रुपैयाँभन्दा बढी रकम ठगेर सम्पर्कबाहिर छन् […]
झापाको बुद्धशान्तिमा हजुरबुवाले नातिनी बेचे, बुहारी नस्वीकार्न अनेक प्रपञ्च
मेचीनगर, पुस ११ । झापाको बुद्धशान्तिमा आफ्नै हजुरबुवाले एक हप्ताको शिशु बिक्री गरेको खुलेको छ । उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ । झापा […]
दुई पक्षीय सहमतिपछि मनमोहन अस्पतालको विवाद साम्य
बिर्तामोड, पुस १० । बिर्तामोडमा सञ्चालित मनमोहन सामुदायिक अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा सिर्जना गरेको तनाव दुई पक्षीय सहमतिपछि साम्य भएको छ । दोषीलाई कारबाही र मृतकका छोराछोरीलाई कक्षा १२ […]
झापमा कृषि फर्ममा आगलागी हुँदा ४० लाखभन्दा बढीको क्षति
बिर्तामोड, पुस ९ । झापा गाउँपालिकास्थित राइजिङ कृषि फर्ममा गए राति आगलागी भएको छ । आगलागीमा जिउँदो तीन हजार बोइलर कुखुरा, कुखुराको दाना र अन्य सरसामान जलेर नष्ट हुँदा अन्दाजी ४० लाख रुपैयाँभन्दा बढीको क्षति […]
गुप्ताले अझै बुझाएनन् लक्ष्मी माविको २८ लाख ६९ हजार
बिर्तामोड, पुस ९ । आर्थिक अनियमिततामा विवादमा पर्दै आएका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले यसअघि काम गरेको विद्यालयको हरहिसाब अझै नबुझाएको पाइएको छ । हाल झापा गाउँपालिकास्थित डिल्लीराज माविमा कार्यरत उनले अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको हिसाब […]
अश्लील हर्कत गर्ने अधिकृत डमरु र काजीमानलाई आकर्षक कार्यालय
बिर्तामोड, पुस ३ । अश्लील क्रियाकलापमा संलग्न रहेको पाइएका दुईजना अधिकृतलाई मन्त्रालयले आकर्षक ‘मालअड्डा’ मा पठाएको छ । एक महिलासँग अश्लील गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरुप्रसाद निरौला र कार्यालयकी कर्मचारीसँग अश्लील […]
कनकाईमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिर्तामोड, पुस २ । झापाको कनकाईस्थित कोटिहोम क्षेत्रमा स्कुटरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । आज साँझ ०७:१५ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०१–०१३प ३९६६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री कनकाई-४ बस्ने ६५ वर्षीय […]