२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

पिबी मेमोरियल चेस टुर्नामेन्ट भोलिबाट


काँकरभिट्टा, फागुन २० । पिबी मेमोरियल केसिसी इन्टरनेसनल ओपन चेस टुर्नामेन्ट २०२० बुधबारबाट सुरु हुने भएको छ । नाइट चेस क्लबको आयोजना तथा मेची युमा चेस एकाडेमीको सहयोगमा हुने प्रतियोगिताको मंगलबार आज एक कार्यक्रमका बीच उद्घाटन भयो ।

काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको सभाहलमा कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले प्रतियोगिताको उद्घाटन गरे । कार्यक्रममा मैनाली, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, नेकपाका मचीनगर इन्चार्ज देवकुमार राई, नेपाली कांग्रेसका मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्य, नाइट चेस क्लबका पूर्वअध्यक्ष बालजित राई, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनालगायतले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगिता सम्पन्न गर्न पशुपति अंग्रेजी माविकी प्रिन्सिपल अनिता थापाले क्लबका अध्यक्ष राजु कार्कीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन् । प्रिन्सिपल थापाले क्लबको विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जानकारी दिइन् ।

प्रतियोगितामा भाग लिन नेपाल, भारत र बंगलादेशका दुई सयभन्दा बढी खेलाडी सहभागी हुने बताइएको छ । कुल २ लाख ८४ हजार ९ सय रुपैयाँको विभिन्न राशीका पुरस्कार घोषणा गरिएको उक्त प्रतियोगितामा ३८ विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्ने योजना रहेको क्लबका महासचिव अशोक राईले जानकारी दिए ।

मेची युमा एकाडेमीका अध्यक्ष तथा टुर्नामेन्ट डाइरेक्टर विश्वविजय घिमिरेका अनुसार प्रतियोगितामा उत्कृष्ट २० खेलाडीमध्ये प्रथम हुनेलाई ६० हजार, दोस्रो विजेतालाई ४० हजार, तेस्रो हुनेलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ । आयोजकले भेट्रान प्रथम, भेट्रान दोस्रो, १ नम्बर प्रदेश प्रथम, अनरेटेड तथा अन्डर १४ का प्रथम छात्रछात्राहरु लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer