२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट हालसम्म ५८३५ को मृत्यु


झापा, चैत २ । पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको कोरोना भाइरस (कोभिड १९) बाट आइतबार बिहानसम्म ५ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ ।
त्यसयता यो भाइरस विश्वका १ लाख ५६ हजार ५ सय २० जनामा देखिएको छ । कोरोना भाइरसका संक्रमितमध्ये ७५ हजार ९ सय १९ जना उपचार पश्चात निको भएर अस्पतालबाट घर फर्केका छन् ।
हाल विश्वभर ७४ हजार ७ सय ६६ जना कोरोना भाइरसका संक्रमित विभिन्न देशका अस्पतालहरुमा उपचाररत छन् । यीमध्ये ५ हजार ८ सय ८८ जनाको अवस्था गम्भीर छ भने ६८ हजार ८ सय ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना भाइरसका संक्रमित हालः विश्वका १ सय ५१ देशमा देखिएका छन् ।
शनिबार एकै दिन विश्वभर ११ हजार ३८ कोरोना भाइरसका नयाँ बिरामी देखिएका छन् । कोरोना भाइरसबाट विश्वभर शनिबार एकै दिन ४ सय ६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको ‘इपिसेन्टर’ चीनमा शनिबार एकजना पनि नयाँ संक्रमित देखिएनन् ।
शनिबार कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा एकै दिन १ सय ७५ जनाको मृत्यु भएको छ । शनिबार कोरोना भाइरसको संक्रमणबाट चीनमा १०, इरानमा ९७, दक्षिण कोरियामा ८, स्पेनमा ६३, जर्मनीमा १, फ्रान्समा १२, अमेरिकामा ८, स्विट्जरल्यान्डमा २, बेलायतमा १०, नर्वेमा २, स्विडेनमा १, नेदरल्यान्ड्समा २, डेनमार्कमा १, जापानमा १, बेल्जियममा १, ग्रिसमा २, स्लोभेनियमा १, आयरल्यान्डमा १, फिलिपिन्समा ३, इराकमा १, पोल्यान्डमा १, इन्डोनेसियामा १, बुल्गेरियामा १ र अल्जेरियामा १ जनाको मृत्यु भएको छ ।
शनिबार एकैदिन विश्वभर ११ हजार ३८ कोरोना भाइरसका नयाँ बिरामी देखिएका छन् । शनिबार एकै दिन इटालीमा कोरोना भाइरसका ३ हजार ४ सय ९७ नयाँ बिरामी थपिएका छन् भने इरानमा यो संख्या १ हजार ३ सय ६५ रहेको छ । शनिबार दक्षिण कोरियामा १ सय ८३, स्पेनमा १ हजार १ सय ५९, जर्मनीमा ९ सय २४, फ्रान्समा ८ सय ८, अमेरिकामा ५ सय ८९, स्विट्जरल्यान्डमा २ सय ३६, बेलायतमा ३ सय ४२, नर्वेमा १ सय १३, स्विडेनमा १ सय ४७, नेदरल्यान्ड्समा १ सय ५५, बेल्जियममा १ सय ३० र अष्ट्रियामा १ सय ५१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । (एजेन्सीको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer