२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट एकैदिन करिब २३ सयको मृत्यु


झापा, चैत १२ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको कारण एकैदिन विश्वमा २ हजार २ सय ९६ जनाको मृत्यु भएको छ । मंगलबार उनीहरुको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो । मंगलबार नै विश्वभर कोरोना भाइरसका ४२ हजार ५ सय ६८ नयाँ संक्रमित थपिएका छन् ।

मंगलबार सबैभन्दा बढीको मृत्यु इटालीमा भएको थियो । इटालीमा मंगलबार कोरोना भाइरस संक्रमणको कारण ७ सय ४३ जनाले ज्यान गुमाएका थिए । इटालीमा सोही दिन ५ हजार २ सय ४९ कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए ।

इटालीपछि स्पेनमा ठूलो संख्यामा मृत्यु भएको छ । मंगलबार स्पेनमा कोरोना भाइरसको संक्रमणको कारण ६ सय ८० जनाको मृत्यु भएको थियो । मंगलबार ६ हजार ९ सय २२ जना कोरोनाका नयाँ संक्रमित स्पेनमा देखिएका थिए ।

मंगलबार कोरोना भाइरसका सबैभन्दा बढी नयाँ बिरामी अमेरिकामा देखिएका थिए। अमेरिकामा मंगलबार ९ हजार ९ सय २१ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु उपचारको लागि अस्पताल पुगेका थिए । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मंगलबार १ सय ४५ जनाको मृत्यु भएको थियो ।

जर्मनीमा मंगलबार ३ हजार ९ सय ३५ जना कोरोनाका नयाँ बिरामी थपिएकोमा यही भाइरसका कारण ३६ जनाले ज्यान गुमाएका थिए । इरानमा मंगलबार १ हजार ७ सय ६२ कोरोनाका नयाँ बिरामी थपिएका थिए ।

मंगलबार नै इरानमा कोरोनाको संक्रमणका कारण १ सय २२ जनाले ज्यान गुमाएका थिए ।
फ्रान्समा मंगलबार कोरोना भाइरस संक्रमित भएपछि उपचाररत थप २ सय ४० जनाको मृत्यु भएको थियो । मंगलबार फ्रान्समा १ हजार १ सय कोरोनाका नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेका थिए ।

स्वीट्जरल्याण्डमा मंगलबार १ हजार ८२ जना कोरोनाका नयाँ बिरामी थपिएको थिए भने २ जनाको मृत्यु भएको थियो । दक्षिण कोरियमा भने कोरोना संक्रमितको संख्या घट्दै गएको छ । दक्षिण कोरियामा मंगलबार ७६ जना कोरोनाका नयाँ बिरामी भेटिएका थिए भने थप ९ जनाको मृत्यु भएको थियो ।

बेलायतमा मंगलबार कोरोना भाइरसका कारण ८७ जनाले ज्यान गुमाएका थिए । मंगलबार नै बेलायतमा कोरोनाका १ हजार ४ सय २७ नयाँ बिरामी थपिएका थिए । मंगलबार कोरोना भाइरसका कारण बेल्जियममा ३४, पोर्चुगलमा १०, स्वीडेनमा १३ र ब्राजिलमा १२ जनाको मृत्यु भएको थियो ।-नेपालन्युजबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer