२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाका सर्वाधिक संक्रमित अमेरिकामा


बिर्तामोड, चैत १४ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोना संक्रमितको दर अमेरिकामा सर्वाधिक देखिएको छ । अमेरिकामा कुल ८३ हजार ८ सय ३६ जना कोरोना संक्रमित भएका छन् । चीन र युरोपपछि कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित फेला परेका हुन् ।

अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार हालसम्म अमेरिकाभर ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको भन्दा १ हजार ७ सय १८ ले बढी हो ।

यद्यपि, ज्यान गुमाउनेको संख्या भने अमेरिकामा चीनको भन्दा कम छ । यहाँ हालसम्म १ हजार २ सय मानिसको कोरोनाका कारण ज्यान गएको बिबिसीले जनाएको छ । कोरोनाबाट सबैभन्दा धेरै इटलीका ८ हजार २ सय १५ मानिसको ज्यान गएको छ । यहाँका कुल संक्रमितको संख्या भने ८० हजार ५ सय ८९ छ । कोरोना प्रकोप नियन्त्रणउन्मुख देखिएको चीनमा ३ हजार २ सय ९१ को ज्यान गइसकेको छ ।

चीनको हुबेई प्रान्तको वुहान सहरमा गत डिसेम्बरको अन्तिम साताबाट देखापरेको कोरोनाबाट हालसम्म २४ हजार मानिसको ज्यान गइसकेको छ । १९७ देशका ५ लाख ३१ हजार मानिस संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer