२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कोरोनाबाट मृत्यु हुनेको संख्या २४ हजार नाघ्यो


बिर्तामोड, चैत १४ । विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या २४ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या साढे ५ लाख पुग्न लागेको छ ।

वल्डोमिटर्सको पछिल्लो तथ्यांकअनसार पछिल्लो तीन महिनामा ५ लाख ३१ हजार ५ सय १६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ । यही अवधिमा यो भाइरसका कारण विश्वभर २४ हजार ६१ जनाको मृत्यु भएको छ ।

सन् २०१९ डिसेम्बर अन्तिम साता कोरोना भाइरस पहिलोपटक चीनको उहानमा देखिएको थियो । त्यसयता यो भाइरस विश्वमा १ सय ९९ देश तथा भूभागमा देखिएको छ ।
संक्रमितमध्ये हालसम्म १ लाख २३ हजार ३ सय ९० जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन् । हालसम्म विभिन्न देशका अस्पतालहरुमा ३ लाख ८४ हजार ६५ कोरोना संक्रमित उपचाररत छन् । यीमध्ये ३ लाख ६४ हजार ५ सय ४८ (९५ प्रतिशत) को अवस्था सामान्य छ भने १९ हजार ५ सय १७ (५ प्रतिशत) को अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित अमेरिकामा देखिएको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ८५ हजार २ सय २ पुगेको छ, जसमध्ये १ हजार २ सय ९० जनाको मृत्यु भइसकेको छ ।
संक्रमितहरुको दोस्रो ठूलो संख्या चीनमा छ । चीनमा हालसम्म संक्रमितको संख्या ८१ हजार २ सय ८५ पुगेको छ जसमध्ये ३ हजार २ सय ८७ जनाको मृत्यु भइसकेको छ । इटालीमा ८० हजार ५ सय ८९ जना संक्रमित रहेका छन् । यीमध्ये ८ हजार २ सय १५ जनाको मृत्य भएको छ ।

स्पेनमा कोरोना संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ जसमध्ये ४ हजार ३ सय ६५ जनाको मृत्यु भइसकेको छ। जर्मनीमा ४३ हजार ९ सय ३८ कोरोना भाइरस संक्रमित रहेका छन् । यीमध्ये २ सय ६७ जनाको मृत्यु भएको छ ।

इरानमा कोरोना भाइरस संक्रमितको संख्या २९ हजार ४ सय ६ पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार २ सय ३४ रहेको छ । फ्रान्समा २९ हजार १ सय ५५ जनामा कोरोनाका संक्रमण भएको पुष्टि भइसकेको छ । यीमध्ये १ हजार ६ सय ९६ जनाको मृत्यु भइसकेको छ ।

स्विट्जरल्यान्डमा ११ हजार ८ सय ११ जना कोरोनाका संक्रमित पुगेका छन् जसमध्ये १ सय ९१ जनाको मृत्यु भएको छ । बेलायतमा ११ हजार ६ सय ५८ जनाको कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ । यीमध्ये ५ सय ७८ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer