२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

दुर्गा पाञ्चायन शान्ति टोल शिलबन्दी


बिर्तामोड, चैत १४ । नेपालमा लक डाउन भएको चौथो दिन झापा बिर्तामोड १ को एक टोलका स्थानीयबासीले टोललाई शिलबन्दी गरेका छन् । बिर्तामोड १ को दुर्गा पाञ्चायन शान्ति टोलका स्थानीयले आफ्नो टोललाई चारैतिर बाट ‘लक्ड’ गरेका हुन् ।

कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपालमा पनि तीनजनामा कोरोनाको संक्रमण देखिएको छ । सरकारले लक डाउन गरेर नागरिकलाई घरमै बस्न अनुरोध गरे पनि अटेर गरेपछि स्थानीयले यो जुक्ति निकालेका हुन् । टोल प्रवेश गर्ने चारै दिशामा बाँस लगाएर शिलबन्दी गरेको स्थानीय अगुवा डिल्लीमाया खरेल आचार्यले जानकारी दिइन् ।

टोलबासीले भित्री सहायक बाटोमा सबै सवारी साधनलाई प्रवेश निषेध गरिएको छ । बाहिरका अपरिचित व्यक्ति समेत टोलमा मोटरसाइकल लिएर प्रवेश गर्ने गरेपछि बाँस लगाएर निषेध गरिएको आचार्यले बताइन् । टोलबासीले अरनिको मार्ग, दुर्गा पाञ्चायन मार्गसहित टोलका अन्य बाटोमा गरी २१ ठाउँमा शिलबन्दी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer