२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालमा कोरोनाको पाँचौँ संक्रमित


झापा, चैत १५ । नेपालमा पाँचौँ व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना देखिएको हो । २२ वर्षीया उनी युरोपबाट फर्किएकी थिइन् ।
उनी चैत ४ गते नै कतार एयरवेजको ‘क्युआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । उनीहरूमध्ये एक निको भएर घर गइसकेकी छन् भने दुईजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो । त्यसक्रममा बागलुङ नगरपालिकामा रहेको युवतीलाई पनि धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो ।

नमुना संकलनपछि उनलाई अस्पतालमै बस्न भनिएको, तर आफ्नै घरमा बसेको उच्च स्रोतले बताएको छ । अहिले कोराना भाइरसको संक्रमण पुष्टि भएकी उनलाई सुरक्षित रुपमा काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer