२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आजबाट कोरोना संक्रमणको परीक्षण धरानमै


झापा, चैत १६ । कोरोना भाइरसको आशंका गरिएका बिरामीकोे स्वाब परीक्षण आज आइतबारबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालामा हुने भएको छ ।

यसअघि कोरोना संक्रमणको परीक्षण काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र हुँदै आएको थियो । कोरोना भाइरसको परीक्षण अब धरानमा नै हुने भएपछि स्वाब संकलन गरी काठमाडौँ पठाउनुपर्ने बाध्यता हट्नेछ ।

प्रदेश १ र २ का कोरोना भाइरसका सम्भावित संक्रमितलाई लक्षित गरेर धरानमा परीक्षणको व्यवस्था मिलाइएको प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. सञ्जीवकुमार शर्माले बताए । प्रयोगशालाबाट दैनिक १२ जनाको स्वाब परीक्षण गरिनेछ । ल्याबको क्षमता भने अधिकतम उपयोग गर्दा दिनमा ३० वटासम्म परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

‘कोरोना भाइरसको आशंका गरिएका बिरामीको आजदेखि प्रतिष्ठानमा तयार भएको ल्याबबाट स्वाब परीक्षणको कार्य सुरु हुनेछ,’ शर्माले भने, ‘त्यसका लागि आवश्यक तयारी पूरा भएको छ ।’
स्थापित प्रयोगशालाको परीक्षण पुष्टि गर्न सुरुवातमा पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउने तयारी छ । केही परीक्षणहरू काठमाडौँ पठाएपछि त्यसमा समानता आएमा यहीँको परीक्षणले मान्यता पाउनेछ ।

प्रतिष्ठानले अहिलेसम्म २० जनाको कोरोना परीक्षण गर्न नमुना पठाएकोमा सबैको नेगेटिभ आएको छ । प्रतिष्ठानमा अहिले ७ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer