२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

शब्द, संगीत र स्वरका संगम विक्रम


झापाका विक्रम कालिकोटे अरुजस्तै मेलोडी गायक हुन् । तर, उनमा अरु गायकभन्दा फरक विशेषता छ । दुई दशकयता गीतसंगीत क्षेत्रमा क्रियाशील रहेका विक्रमका सबै गीतमा उनकै मात्र शब्द संगीत रहने गरेको छ ।

हालसम्म ५० वटाभन्दा बढी गीत रेकर्ड गराइसकेका उनले सातवटा भिडियो निर्माण गरेका छन् । सातवटै गीत युट्युबमा समेत सार्वजनिक गरिसकेका छन् । उनी जति मिठो स्वरमा गीत गाउँछन्, त्यति नै उत्कृष्ट संगीत भर्छन् र शब्द कोर्छन् ।

विक्रमका माया दुई तर्फी नै, दैवलाई साँची, पुरानो त्यो हाम्रो माया, चिरेर छाती तिमीलाई, मेरो मन जलाई, रुँदै छौ कि तिमी त्यहाँ, तिमी फूल भएर जस्ता गीत चर्चित छन् । उनले हालसम्म सात सय गीतमा संगीत भरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer