२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

तक्मेबुढाले तक्मा पाउने


बिर्तामोड, असोज ३ । कलाकार विल्सनविक्रम राईलाई नेपाल सरकारले कीर्तिमय राष्ट्रदिप (चतुर्थ) प्रदान गरेको छ ।

संविधान दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न विधामा कीर्ति कायम गर्ने व्यक्तिलाई कीर्तिमय राष्ट्रदिप प्रदान गरिन्छ । राईसहित आठजनालाई सो पदक प्रदान गर्ने सरकारले निर्णय गरेको छ । राई यसअघि प्रबल जनसेवा श्री चौथो पदकबाट विभूषित भएका थिए ।

बालकैमा कलाकार बन्ने हुटहुटीले अहिलेको चुचुरो सफलतासम्म आइपुगेका विल्सनविक्रम राई अत्यन्त चर्चित र लोकप्रिय नेपाली कलाकार हुन् । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा तक्मे बुढाको नामले प्रसिद्ध ३४ वर्षीय उनी बिर्तामोडका स्थायी बासिन्दा हुन् ।

नृत्य र स्टेज प्रस्तुतिबाट कलाकारितामा प्रवेश गरेका उनी पहिलोपटक चलचित्र ‘साथी’ मा बाल कलाकारले तास खेलेको एक सट दृश्यमा देखिएका थिए । बाल्यकाल र किशारावस्थामा अनेक दुःख झेलेका उनी सफलताको मेलोमा छन् ।

दर्जनौँ अवार्ड, पदक र सम्मानका साथै विदेश दौडाहले उनी व्यस्त रहने ठूलो पर्दाको चलचित्रमा समेत समय मिलाउन हम्मेहम्मे पर्ने गरेको छ । टेलिशृङ्खला ‘मेरी बास्सै’ मार्फत चर्चामा आउनुअघि राईले पुरानो टेलिशृङ्खला ‘आयो बोकेदाह्री’ बाट अभियन यात्रा थालेका हुन् ।

डेब्यु चलचित्र ‘सम्झना’ (प्रज्ञा जोशी निर्माता रहेको) बाट ठूलो पर्दामा देखिएका उनी अभिनीत अधिकांश चलचित्र सफल बनेका छन् । कलाकार केदार घिमिरेसँग मिलेर सुरु गरेको ‘मेरी बास्सै’ को हिँडाइ टुङ्गिए पनि उनी युट्युब र ठुलो पर्दामा उत्तिक्कै व्यस्त र सफल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer