२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रमोद खरेलको ‘छाती चिरेर’ ट्रेन्डिङमा


बिर्तामोड, असोज १५ । नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक प्रमोद खरेलको नयाँ सांगीतिक फिल्म शैलीको गीत ‘छाती चिरेर’ सार्वजनिक भएको छ ।

अघिल्ला गीतहरुभन्दा विल्कुल फरक रहको यो गीत सार्वजनिक भएको तेस्रो दिनसम्म युट्युबमा झन्डै चार लाख भ्युज पुगेको छ भने गीत ट्रेन्डिङमा रहेको छ । भिडियोको क्लाइमेक्सले दर्शकलाई सरप्राइजमा राखेको छ ।

हरि लम्सालको संगीत, प्रमोदकै शब्द रहेको यो गीतले मायाको तिर्सना बोलेको छ । गीतका शब्दमा प्रेम, वियोग, प्राप्ति रचिएका छन् । दृश्य क्रियसनको प्रस्तुति गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट छ ।

निर्देशक दिपकप्रसाद आचार्यको उत्कृष्ट निर्देशनमा यो भिडियो पर्छ । भिडियोमा गायक प्रमोद खरेल र नायिका ऋचा शर्माले अभिनय गरेका छन् । प्रेम गर्नका लागि मान्छेको भौतिक शरीर रहनु र नरहनुले खासै फरक पार्दैन भन्ने भाव भिडियोमा छ ।

भिडियोमा प्रयोग गरिएका केही दृश्यको अरु दृश्यसँगको कनेक्शन उत्कृष्ट छ । चन्दन दत्तको सम्पादन, अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियो उत्कृष्ट छ । प्रमोदको आवाजमा समावेश थुप्रै गीतहरु चर्चामा छन् । धेरै गीतले उनलाई स्टेज तताउन मद्दत पनि गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer