२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

परदेशीको व्यथा बोकेर आए इन्जिनियर वीरेन्द्र


बिर्तामोड, असोज ३० । इन्जिनियर वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘परदेशीको जीवन बरी लै’ आज सार्वजनिक भएको छ । लोक शैलीमा रहेको सो गीत श्रेष्ठको स्वरमा रहेको पछिल्लो सांगीतिक प्रस्तुति हो । गीतको प्रस्तुतकर्ता अम्बिका गुरुङ हुन् ।

पछिल्लो समय चल्दै आएको सांगीतिक फिल्म शैलीको यो गीत तथा म्युजिक भिडियो युट्युबमार्फत भवसागर इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । ऋण चुक्ता गर्न विदेसिएको परदेशीको जीवन भोगाइ र उसको परिवारको अवस्थालाई गीतमा देखाइएको छ ।

पछिल्लो समय लोक आधुनिक गायनमा चर्चामा रहेका गायक श्रेष्ठको यो गीतमा झापाका मोडल निर्मल न्यौपाने र निशा राईको मुख्य अभिनय रहेको छ । गीतमा दिपकराज विश्वकर्माको संगीत र एरेन्ज तथा अम्बिका गुरुङको शब्द रहेको छ । योगश दाहालले छायांकन तथा सम्पादन गरेको भिडियोमा कथा टिकाराम आचार्य र लक्ष्मण गजुरेलको रहेको छ । भिडियोको निर्देशन निशान काश्यपले गरेका हुन् ।

गायक श्रेष्ठका यसअघि ‘घर हाम्रो लेकैमा’, ‘आँखा लाउँछन्’, ‘पिरिमको बाढी’, ‘आउन माया भटौँ न’ ‘पिरती नाप्ने के ले हो’ लगायत गीत चर्चित छन् । ‘घर हाम्रो लेकैमा’ र ‘आउन माया भटौँ न’ गीतले ओएस नेपाल म्युजिक अवार्डमा उत्कृष्ट लोकपप विधाको पुरस्कार जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer