२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

थापाले ल्याए परदेशीको मन


बिर्तामोड, कात्तिक १ । गीतकार राज थापाको ‘गरिबको छोरो’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । क्रिपा टिभीमार्फत युट्युबमा सार्वजनिक भएको गीत दोस्रो दिनसम्म ५७ हजारपटक हेरिएको छ ।

गीतमा गायक मदन थापाको स्वर र दर्पण यात्रीको संंगीत तथा एरेन्ज रहेको छ । म्युजिक भिडियोमा कलाकार विजय केसी र मल्लिका बुढाथोकीको अभिनय देख्न सकिन्छ भने भिडियो निर्देशन तथा सम्पादन नरेन्द्र धामीले गरेका छन् ।

अस्ट्रेलियाको मेलबर्न सिटीमा बस्दै आएका थापा विदेशमा बसेर पनि नेपाली संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने मान्यता राख्छन् । थापाले यसअघि पनि ‘जूनलाई हेर्दा’ बोलको लोक दोहोरी गीत बजारमा ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer