२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

लावोनी–प्रमोदको ‘आज फेरि’


बिर्तामाड, पुस २८ । सांगीतिक जोडी लावोनी र प्रमोद प्रसाईंको नयाँ गीत सार्वजनिक भएको छ । शास्त्रीय आधुनिक शैलीमा रहेको ‘आज फेरि’ बोलको सो गीत युट्युबमार्फत चार दिनअघि सार्वजनिक भएको हो ।

झापा सुरुङ्गा निवासी प्रसाईं दम्पतीको स्वरमा रहेको यो गीत पछिल्लो सांगीतिक प्रस्तुति हो । गीतमा लावोनी र प्रमोदले नै संगीत दिएका हुन् भने शब्द विदेहमणि उपाध्यायको रहेको छ ।

यो गीत तथा म्युजिक भिडियो युट्युबमार्फत लावोनी प्रमोद च्यानलले सार्वजनिक गरेको हो । भारतको रविन्द्र भारती विश्वविद्यालयबाट शास्त्रीय संगीतमा एमएसम्मको अध्ययन गरेको यो जोडीले नेपाली सांगीतिक क्षेत्रमा केही र फरक र उत्कृष्ट गीत पस्किने उद्देश्य लिएको छ ।

एकार्काप्रति समर्पित प्रेमभावले भरिएको प्रसाईं जोडीको यो गीतमा मोडल करण श्रेष्ठ र रिया क्षेत्रीको कलात्मक अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन अनुप चापागाईंको र एरेन्ज रिदम कडेलको रहेको छ । योगश दाहालले छायांकन गरेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer