२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा व्यवसायीको चुनावः कांग्रेसद्वारा उम्मेदवार सार्वजनिक


बिर्तामोड, फागुन ५ । बिर्तामोड उद्योग वाणिज्य संघको यही फागुन १६ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सार्वजनिक गरेको छ । बुधबार साँझ एक कार्यक्रम गरेर कांग्रेसले उम्मेदवारको अन्तिम टुंगो लगाएको हो ।

लोकतान्त्रिक व्यावसायिक गठबन्धनको तर्फबाट युवा व्यवसायी प्रकाश शिवाकोटीको नेतृत्वमा कांग्रेसले उम्मेदवार तय गरेको हो । यो गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई र महासचिव पदमा रविन्द्र भट्टराईले उम्मेदवारी दिने छन् ।

त्यस्तै, उद्योग सचिवमा कुशल खतिवडा, वाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दिपेन्द्र राउत र सहकोषाध्यक्ष राधिका चुडाल छन् । महिला सदस्यमा तिलोत्तमा खत्री र तुलसा ढकाल तथा खुल्ला सदस्यमा विशाल थापा, सन्नी गोयल, दिपक मित्तल, बलराम सिटौला (राम), मनोज शाह रौनियार, पुकार बराल र विकास बस्नेतले उम्मेदावारी दिने निश्चित भएको छ ।

कांग्रेस झापाका पूर्वउपसभापति देउमान थेवेको संयोजकत्वमा रहेको उम्मेदवार छनोट समितिले निक्कै रस्साकस्सीबीच बुधबार अबेर उम्मेवार टुंगो लगाएको थियो । उम्मेदवार घोषणा कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुधीरकुमार शिवाकोटी, झापा कोषाध्यक्ष केशव पाण्डेले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

सम्बन्धित खबर:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer