२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मेघ्ना बनिन् राइजिङ मोडल झापा


बिर्तामोड, चैत ३० । राइजिङ मोडल झापा २०२१ को ताज मेघ्ना भट्टराईले पहिरिएकी छन् । उपाधिसँगै भट्टराईले मिस ट्यालेन्ट उपाधि समेत हात पारिन् ।

प्रतियोगिताको फस्र्ट रनरअप, मिस बेष्ट वर्कको उपाधि बिर्तामोडकी आसिका श्रेष्ठले हात पारिन् भने सेकेन्ड रनरअप, पङचुवलको उपाधि रोहिनी बस्नेले जितिन् । अर्गनाइजर च्वाइज अभिषेक रिजाल, मिस कन्फिडेन्स आतुष पोखरेल, मस्ट डिसिप्लेन साजन आङदेम्बे, मिस फ्रेन्डली ममता राजवंशी र मिस पङच्वलिटी आश्मा कडरिया घोषित भएको इभेन्ट मेनेजर सुशील निरौलाले बताए ।

प्रतियोगिताको निर्णायकहरुमा आर्सु मर्हजन, मेरिना विश्वकर्मा र सनिस शाक्य रहेका थिए । उक्त प्रतियोगिताको कोरियोग्राफर एलिसा पोखरेल र सोनिका राजवंशीले गरेका थिए।

आयोजक कम्पनी पिसिएस प्रोडक्सन हाउसका अध्यक्ष पुकार कार्कीको अध्यक्षतामा सम्पन्न फाइनल प्रतियोगिताको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईं रहेकी थिइन् ।

सुमन शर्माले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका मेनेजिङ डाइरेक्टर चेतन बस्नेतले धन्यवाद मन्तव्य राखेका थिए भने प्रोग्राम कोअर्डिनेटर अनुमा राईले स्वागत गरेकी थिइन् । झापाको बिर्तामोडमा सम्पन्न प्रतियोगितामा ११ जना प्रतिस्पर्धी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer