२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गिरीद्वारा पत्रकार उपचार कोषलाई २५ हजार प्रदान


बिर्तामोड, असोज १८ । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरीले आफ्नो जन्मोत्सवको अवसर पारेर सोमबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार ५२५ रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।

हाल अस्वस्थ भई आराम गरिरहेका गिरीले महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् । स्वस्थ भएपछि उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिने उनले बताए ।

दर्जनभन्दा बढी संघ–संस्थामा आबद्ध रहेर सामाजिक कार्यका साथै दुई दशकभन्दा अघिदेखि पत्रकारितामा सक्रिय गिरीले उपचार कोषलाई सहयोग गर्दै पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

कोषमा हालसम्म ४५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए । कोषमा सहयोग जुट्नेक्रम जारी रहेको छ ।

महासंघ झापा शाखाले विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आह्वान गरेको छ । महासंघ झापाका अध्यक्ष गिरीले यही कार्यकालमा कोषलाई एक करोड पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer