२०८१ जेठ ७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको इस्ट होराइजन लोक नृत्यमा प्रदेश प्रथम


बिर्तामोड, पुस १७ । एनप्याब्सन १ नम्बर प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि झापाको इस्ट होराइजन मावि धुलाबारीले जितेको छ ।

जिल्लास्तरीय प्रतियोगितामा झापा जिल्लाको प्रतिनिधित्व गर्दै सहभागी इस्ट होराइजन इटहरीको शिक्षादिप एकेडेमीमा भएको प्रतियोगितामा प्रथम भएको हो ।

विद्यालयले प्रस्तुत गरेको नृत्य किसान जातिको डाटा नृत्य रहेको थियो, जुन विशेष गरेर होली पर्व र दिपावलीको बेला नाचिने गरिन्छ । नृत्यको निर्देशन दिवस गिरीले गरेका हुन् ।

प्रदेश नम्बर १ बाट प्रथम भएको इस्ट होराइजनले प्रदेशको प्रतिनिधित्व गर्दै यही पुस २७ गते काठमाडौँमा हुन गइरहेको राष्ट्रियस्तरीय लोक नृत्य प्रतियोगितामा सहभागी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer