२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

उदयशील महिला साकोस बिर्तामोडको दोस्रो उत्कृष्ट, अध्यक्षमा पुनः राई


बिर्तामोड, पुस २६ । महिलाहरुले मात्र सञ्चालन गरेको बिर्तामोडको उदयशील महिला बचत तथा ऋण सहकारी संस्था दोस्रो उत्कृष्ट भएको छ ।

बिर्तामोडमा रहेका आठवटा महिला सहकारीहरुमध्ये उदयशील दोस्रो भएको हो । कारोबार तथा अन्य गतिविधिका हिसाबले उदयशील दोस्रो भएको सहकारी अधिकृत डिल्ली दाहालले बताए ।

यसैबीच, संस्थाको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभाको अवसरमा २६ जना शेयर सदस्यलाई नगदसहित सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा ज्येष्ठ सदस्यतर्फ रामकुमारी खतिवडा र कलो राजवंशी रहेका छन् ।

त्यस्तै, कर्जातर्फ सुनैना चौधरी, कृष्णमाया लिम्बू, सुमित्रा राई, महेशकुमार मण्डल, सञ्जीताकुमारी लिम्बू, उषा भेटवाल, नितु ठाकुर र सावित्री राजवंशी रहेका छन् ।
त्यस्तै, बचततर्फ रिता धिमाल, प्रतिमा दास, जानुका लामा, अनुप सापकोटा, तुलसी लामिछाने, रोनक सिंगल, दुर्गा घिमिरे, भीमा नेपाल, जगत राजवंशी, नरबहादुर तामाङ, डम्मादेवी सिग्देल, सञ्जु शाह, छविलाल राजवंशी, सीतादेवी महतो, सृष्टि अग्रमी र सोहन बेगम सम्मानित भएका छन् ।

संस्थाले असार मसान्तसम्म कुल वासलात तीन करोड एक लाख ५० हजार ३२० रुपैयाँको बनाएको छ । त्यस्तै, संस्थाको नाफा १० लाख ८३ हजार ६३७ रुपैयाँ रहेको छ ।

संस्थाकी अध्यक्ष राधा राईको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि सहकारी अधिकृत डिल्ली दाहाल, विशेष अतिथि नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमली, निर्वाचन समिति सदस्य तीर्थ सिग्देललगायतले शुभकामना व्यक्त गरेका थिए ।

संस्थाकी सचिव कल्पना अधिकारी सिग्देलल स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष भीमाकुमारी लिङदेनले गरेकी थिइन् ।

अध्यक्षमा पुनः राई

यसैबीच, साधारणसभाले संस्थाको आगामी कार्यकालका लागि अध्यक्षमा पुनः राधा राईलाई चयन गरेको छ ।

त्यस्तै, उपाध्यक्षमा पुनः भीमकुमारी लिङदेन, सचिवमा पुनः कल्पना अधिकारी, सहसचिवमा सरिता यादव र कोषाध्यक्षमा दोमकला खनाल चयन भएको निर्वाचन समिति सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।

त्यस्तै, सदस्यहरुमा साधना धिमाल, धिना धिमाल, सुभद्रा खड्का, पुष्पा खड्का, लुना रिजाल र सिर्जना लिम्बू चयन भएका छन् ।

संस्थाको लेखा सुपरीवेक्षण समिति संयोजकमा सरिता बस्नेत अधिकारी र सदस्यहरुमा निर्मला राजवंशी र आशा केरुङ चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer