२०८१ बैशाख २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सरकारको निर्णयविरुद्ध क्रसर उद्योगीको आन्दोलन जारी


बिर्तामोड, पुस २९ । गृहप्रशासनको निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका झापाका क्रसर उद्योगी–व्यवसायीले दोस्रो दिन पनि उद्योग बन्द गरेका छन् ।

सरकारले क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि यहाँका क्रसर उद्योग आन्दोलित भएका हुन् । सरकारको निर्णय नसच्चिए अनिश्चितकालका लागि क्रसर उद्योग बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

क्रसर उद्योग व्यवसायी संघका केन्द्रीय सदस्य केदार गिरीले सरकारले क्रसर उद्योग बन्द गर्न दिएको निर्देशन तत्काल फिर्ता लिनुपर्ने बताए ।

२०७१ सालदेखि नवीकरण बन्द भएको र अहिले नवीकरण नभएका उद्योगहरु बन्द गर्न गृह मन्त्रालयले दिएको निर्देशनप्रति व्यवसायीले आपत्ति जनाएका छन् ।

क्रसर उद्योगी–व्यवसायीसँग सम्झौता बमोजिम नै २०७१ सालयता क्रसर उद्योग सञ्चालन हुँदै आएको संघका केन्द्रीय सदस्य शेरबहादुर थापाले बताए । सरकारकै कारण उद्योग नवीकरण नभएको थापाको भनाइ छ ।

सरकारले नियमसंगत चलेका उद्योगहरु अनुगमन तथा निरीक्षण गरी उद्योग सञ्चालनको सजह वातावरण बनाउनुपर्ने संघका केन्द्रीय सदस्य गिरीले बताए ।

निर्माण व्यवसायी संघ झापाले समेत क्रसर उद्योगी व्यवसायीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।

कच्चा पदार्थको अभावले समयमा काम सम्पन्न गर्न नसकिँदा निर्माण व्यवसायीले आलोचित हुने अवस्था सिजर्ना हुने संघका अध्यक्ष मिलन बस्नेतले बताए ।

झापामा वासिङ र क्रसर गरेर ३९ वटा उद्योग सञ्चालनमा रहेको क्रसर उद्योग व्यवसायी संघले जनाएको छ । क्रसर उद्योग २७ वटा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer