२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ मा


बिर्तामोड, माघ ९ । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेलकुद क्षेत्रको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड फागुन २३ गते हुने भएको छ ।

कार्यक्रम काठमाडौँ कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुनेछ । एनएसजेएफले सोमबार अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग प्रायोजन सम्झौता नविकरण पनि गर्यो । सम्झौता पत्रमा एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी र हंशराज हुलासचन्दका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे ।

यसपटक पल्सर स्पोर्ट्स अवार्ड २०७८ मा ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । वर्षको उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड रहेको छ ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन आगामी दिनमा सार्वजनिक गरिनेछ भने मनोनयन नहुने विधाहरु लाइफटाइम, स्पेशल, पारा एथलेट र एसियन स्पोर्टस जर्नालिष्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिनेछ ।

विगतमा मञ्चले वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गर्दै आएको थियो । यसपटकदेखि वर्षका युवा खेलाडीलाई पनि मोटरसाइकल प्रदान गर्ने घोषणा गरिएको छ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट हयाम्पर प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer