२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

ऋण तिर्दा नलिने मितेरी बैंकले पत्रिकामा नाम निकालेको शिवाकोटीको आरोप


बिर्तामोड, माघ १० । झापाको कनकाई नगरपालिका वडा नम्बर ३ मा सञ्चालित हेप्पी ल्यान्ड फनपार्क एन्ड रिसोर्ट प्रालिका सञ्चालक दिनेश शिवाकोटीले मितेरी डेभलपमेन्ट बैंक लिमिटेड शाखा सुरुङ्गाले नियत राखेर आफू र परिवारको बदनाम गरेको आरोप लगाउँदै आपत्ति जनाएका छन् ।

बैंकले आफूले ऋणबापत लिएको रकम पनि चुक्ता गर्न नदिने र दुई दिन ब्याज तिर्न ढिलो हुँदा पनि पत्रिकामा सूचना प्रकाशन गरेर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाएका हुन् ।

‘केही दिनअघि साँवा रकम बुझाउन खोज्दा बैंकले लिन मानेन’ सञ्चालक शिवाकोटीले भने, ‘त्यतिबेला ब्याज मात्र बुझाउन बैंकले आग्रह गर्यो ।’

सञ्चालक शिवाकोटीले आफूले अर्को बैंकमा पनि कारोबार गर्न थालेपछि बद्नाम गर्ने नियतले बैंकले फोटोसहितको पत्रिकामा सूचना प्रकाशन गरेको आरोप लगाएका छन् ।

फन पार्कका व्यवस्थापक नितेश ओलीले आज मंगलबार झापाको सुरुङ्गामा पत्रकार भेटघाट गरी माघ ३ गते बैंकलाई ब्याजबापतको एक लाख ५० हजार रुपैयाँ जम्मा गरिसकेको भौचार देखाउँदै बैंकले बद्नाम गर्ने नियतले फोटोसहितको सूचना पत्रिकामा निकालेको आरोप लगाएका छन् ।

१० वर्षका लागि भनेर लिएको ऋण ५ वर्षमै तिरिसक्दा पनि बैंकले करिब ५० लाख रुपैयाँ कमिसन मागेको र त्यो रकम दिए पनि पछि आधा रकम बैंकले फिर्ता गरेको सञ्चालक शिवाकोटीले बताए ।

आफूले बैंकको सबै किस्ता तिर्छु भन्दा बैंकले उल्टै कमिसन मागेको आरोप शिवाकोटीको थियो । ‘पैसा तिर्छु भन्दा तपाईंजस्तो इमान्दार ग्राहकले हामीलाई छाड्न मिल्दैन भन्दै निस्कन नदिने अनि २ दिन ढिला हुँदा पत्रिकामा परिवारसहितको फोटो हालेर बद्नाम गर्ने’ भन्दै शिवाकोटीले बैंकले परिवार र आफूमाथि अन्याय गरेको बताए ।

‘मैले ४ दिन पहिले ब्याज हालेको छु । ४ दिनमा पत्रिकामा नाम निकाल्न मिल्छ ?’ शिवाकोटीले प्रश्न गरे । आफूले जम्मा २ दिन समय मागेको र सो समयमा सबै साँवा ब्याज तिर्ने थाहा पाएपछि एकपटक भए पनि बेइज्जत गरिदिऊँ भनेर बैंकले आफूमाथि रिसइबी साँधेको समेत आरोप शिवाकोटीको थियो ।

यसैबीच, बैंकका कर्जा प्रमुख विशाल श्रेष्ठका अनुसार बैंकले नेपाल राष्ट्र बैंकको नियमानुसार नै लेनदेनको विषयमा पत्रिकामा सूचना प्रकाशन गरेको बताएका छन् ।

उनले कसिसन भन्दा पनि राष्ट्र बैंककै नियमानुसार करिब ४० लाख रुपैयाँ लिए पनि पर्यटन सम्बन्धी व्यवसाय भएकाले नेपाल राष्ट्र बैंकले फिर्ता गर्न निर्देशन दिएपछि आधा रकम फिर्ता गरेको बताएका छन् ।

श्रेष्ठले आफूले यसअघि हयाप्पी ल्यान्डको २० लाख रुपैयाँ यसअघि फिर्ता दिएको समेत स्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer