२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

दमक लखनपुर भेट्रान्सको विजयी सुरुवात


बिर्तामोड, माघ १३ । तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टमा दमक लखनपुर भेट्रान्स फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।

आज बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा धरान भेट्रान्स फुटबल क्लबलाई २-१ को गोल अन्तरले हराउँदै दमक लखनपुरले जित निकालेको हो ।

खेलको ३० औँ र ५९ औँ मिनेटमा वियजी टिमका डेनिम राईले गोल गरे भने धरानका लागि मदन राईले ६९ औँ मिनेटका एक गोल फर्काए ।

खेलको म्यान अफ द म्याच दुई गर्ने दमक लखनपुरका डेनिम भए । उनले नगद एक हजार पाँच सय पाए ।

आयोजक बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापाका अनुसार प्रदेशस्तरीय प्रतियोगितामा १० टिमको सहभागिता रहको छ । त्यस्तै, योपटक प्रतियोगिताको टाइटल स्पोन्सरमा फास्ट ट्र्याक द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रहेको थापाले बताए ।

प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५१ हजार १११, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका कोषाध्यक्ष झलकसिंह राजवंशीले बताए ।

प्रतियोगिताभरिको उत्कृष्ट किप्पर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले नगद दुई हजार १०० पाउने उपाध्यक्ष गणेश सुब्बाले बताए ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यतामा भएको उद्घाटन खेलमा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, झापा एफसीका अध्यक्ष जलकुमार गुरुङ, इन्द्र खनालल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer