२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड महोत्सवले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुशरण गर्न मद्दत पुग्ने


बिर्तामोड, माघ २२ । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुशरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको अन्तर संवादमा सहभागी व्यवसायीका प्रतिनिधिले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

फागुन ५ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपालसहित भारत, बंगलादेश, भुटान र पाकिस्तानका उत्पादनहरुले पनि स्टल बुकिङ गरेका छन् । महोत्सवमा दुई सयभन्दा बढी स्टल रहने बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवापार महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले बताए ।

मित्रराष्ट्रबाट सहभागी हुन आएका व्यवासायीले सञ्चालन गरेको व्यावसायिक स्टल र उनीहरुको व्यापार शैलीका विषयमा यहाँका व्यवसायीले अनुशरण गर्दै आगामी दिनमा व्यापार व्यवसाय सञ्चालन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छलफलमा सहभागी वेदप्रकाश अग्रवालले बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका अग्रवालले विदेशबाट आएका व्यापारीको विजनेस पोलिसी मात्रै यहाँका व्यापारीले ग्रहण गर्ने हो भने व्यापार प्रबद्र्धनमा थप टेवा पुग्ने बताए ।

मेची डिस्ट्रिब्युटर एसोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले महोत्सव स्थल उपभोक्ता र अवलोकनकर्ताका लागि सुरक्षित, आकर्षक र मनोरञ्जनात्मक गन्तव्य स्थलका रुपमा निर्माण हुनुपर्नेमा जोड दिए ।

महोत्सवका विषयमा आइतबार मात्रै आयोजक समितिले मेची डिस्ट्रिब्युटर एसोसिएसन, कस्मेटिक डिलर एन्ड फुड एसोसिएसन, सौन्दर्य व्यवसायी संघ, छठ समाज सेवा समितिसँग छुट्टाछुट्टै छलफल र अन्तर संवाद गरेको छ ।

छलफलमा मेची डिस्ट्रिव्युटर एसोसिएसन मेची अध्यक्ष राजेन्द्रकुमार थापा, निर्वतमान अध्यक्ष सुरेशकुमार अग्रवाल, उपाध्यक्ष प्रविन अग्रवाल, सचिव राजीव श्रेष्ठ, सदस्य भगवानदास अग्रवाल सहभागी रहेका थिए ।

त्यस्तै, छठ समाज सेव समितिका अध्यक्ष राजकुमार गुप्ता, निर्वतमान अध्यक्ष घनश्याम चौधरी, मनोज चौधरी, वरुणकुमार जयसवाल, राजकुमार शाह, मनोज रौनियार, संजय चौधरी लगायत सहभागी थिए ।

छलफलमा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष कुमार भट्टराई, पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाल लगायत सहभागी थिए ।

कस्मेटिक तथा फुड डिलर एसोसिएसन अध्यक्ष भरत पाठक, ललिता अधिकारी लगायत छलफलमा सहभागी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer