२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा खेमराज, महासचिवमा दिनेश विजयी


-विनिशा शर्मा
धुलाबारी, माघ २२ । मेची उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायीहरुको साझा समूहका उम्मेदवार खेमराज प्रसाईं निर्वाचित भएका छन् ।

आइतबार साँझा सम्पन्न मतपरिणाम अनुसार प्रसाईंले ७५२ मत ल्याए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानलका उम्मेदवार मोहन निरौलाले ५६८ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा साझा समूहका लोकतान्त्रिकका कपिल क्षेत्री विजयी भए । उनले ५१६ मत ल्याए । स्वतन्त्रका हरिप्रसाद कोइरालाले ५०९ मत ल्याएका छन् ।

उद्योग उपाध्यक्षमा लोकतान्त्रिकका भूमि पौडेलले ६५५ मत ल्याउँदै विजयी भए । साझा समूहका आनन्द खड्काले ५९७ मत ल्याए ।

वाणिज्य उपाध्यक्षमा लोकतान्त्रिकका कञ्चन बराल विजयी भए । उनले ७३२ मत ल्याए । साझा समूहका भीमबहादुर कुँवरले ५०४ मत ल्याए ।

महिला उपाध्यक्षमा लोकतान्त्रिकका निर्मला चौहान भण्डारीले ६२६ मत ल्याइन् । साझा समूहकी सुनिता शर्माले ५८५ मत ल्याइन् ।

महासचिवमा साझा समूहका दिनेश शाक्यले ६६८ मत ल्याउँदै विजयी भए । लोकतान्त्रिकका उदयकुमार श्रेष्ठले ५५० मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

महिला कार्यकारी सदस्यमा देवीमाया तामाङ र सुन्दरीकुमारी श्रेष्ठ विजयी भए ।

कार्यकारी खुला सदस्यमा विष्णुबहादुर बुढाथोकी, कमलप्रसाद कोइराला, विनोदकुमार बानियाँ, श्यामप्रसाद न्यौपाने, भीम विष्ट, राजेशकुमार वंशल, सन्तोष खवास, दिपेन्द्रराज पाण्डे, बर्मलाल ओझा र चन्द्रबहादुर घोर्साईं विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

शनिबार सम्पन्न चुनावमा संघका १७६८ जना मतदाता मध्ये १३८९ जनाले मतदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer