२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

ए डिभिजन लिगमा एउटा क्लबले पाँचजना विदेशी खेलाडी राख्न पाउने


भद्रपुर, माघ २६ । सहिद स्मारक ए डिभिजन लिगमा अब एउटा क्लबले पाँचजनासम्म विदेशी खेलाडी राख्न पाउने भएका छन् ।

क्लबहरुले लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सँग माग गरेका थिए । मागमा एन्फा सहमत भएको हो ।

नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौँ खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लबहरूले बजारमा खेलाडी अभाव भएको देखाउँदै विदेशी खेलाडीको कोटा बढाउन गरेको मागलाई एन्फाले सम्बोधन गरेसँगै विदेशी खेलाडीको कोटा थप गरी ५ पु¥याइएको हो । यो सहमतिपछि अब खेलको सुरुआती ११ मा ४ जना विदेशी खेलाडी खेल्न पाउनेछन् भने १ जना बेन्चमा बस्नुपर्नेछ ।

ए डिभिजनका अधिकांश क्लबले आफूहरूलाई खेलाडी अभाव रहेको भन्दै विदेशी खेलाडीको कोटा थप्न माग गर्दै एन्फामा यसअघि पत्र बुझाएका थिए ।

एन्फाका प्रवक्ता सुरेश साहले टिममा एकजना एसियाली र एकजना दक्षिण एसियाका खेलाडी अनिवार्य गरिएको बताए । उनले एक खेलमा ४ विदेशी खेलाडीहरू खेल्न पाउने प्रावधान ल्याएको बताए ।

सहिद स्मारक ए डिभिजन लिगमा यसअघि हरेक क्लबले ४ जना विदेशी खेलाडी राख्न पाउने प्रावधान थियो । नयाँ सिजनको ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउन्ड रोबिनको आधारमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer