२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडविरुद्ध दार्जिलिङको कठिन जित


मेचीनगर, माघ २९ । मेचीनगरको बडाखालमा जारी नवज्योति फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पाहुना टोली प्रकाश ११ दार्जिलिङ फुटबल क्लब विजयी भएको छ ।

दार्जिलिङले बिर्तामोड फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको हो । दार्जिलिङका आकाश मण्डलले खेलको १५ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त भयो ।

खेलको म्यान अफ द म्याच दार्जिलिङका राजीव सिंगा भए । उनले नगदसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा आयोजक नवज्योति युवा क्लबको ‘ए’ र ‘बि’ गरी २ वटा टिम सहित भारतको दार्जिलिङबाट प्रकाश ११ फुटबल क्लब, इलामको जिर्मले फुटबल क्लब, न्यु स्टार क्लब बुद्धशान्ति, शनिश्चरे फुटबल क्लब, बिर्तामोड फुटबल क्लब, ब्रर्दस युनाइटेड चन्द्रगढी, न्यु स्टार क्लब खोपबाडी र रोलिङ क्लब धुलाबारीको सहभागिता रहेको क्लबका सचिव प्रमिस थापाले बताए ।

मेचीनगर ३ स्थित नवज्योति आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिता फागुन ९ गते समापन हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले नगद ८१ हजार र उपविजेता टोलीले ५१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

नवज्योति युवा क्लबको ३० औँ वर्ष प्रवेशको उपलक्ष्यमा प्रतियोगिता आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer