२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड नगर खेलकुद अध्यक्षमा गिरी, सचिवमा लिम्बू


बिर्तामोड, फागुन १ । बिर्तामोड नगर खेलकुद विकास समितिको अध्यक्षमा युवा नेता तथा पूर्वफुटबलर विकास गिरी नियुक्त भएका छन् ।

बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले गिरीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो ।

अघिल्लो कार्यकालमा पनि गिरीको नाम अध्यक्षका लागि छलफल भए पनि अन्तरद्वन्द्वका कारण अर्कै व्यक्ति अध्यक्ष भएका थिए । गिरी बिर्तामोड क्षेत्रमा परिचित तथा युवामाझ प्रिय छन् ।

यसैबीच, समितिको उपाध्यक्षमा आइतमाया लिम्बू शेर्मा र सन्तोष गुरुङलाई मनोनित गरिएको छ । उनीहरु दुवै खेलकुद पृष्ठभूमिका हुन् ।

त्यस्तै, समितिको सदस्यमा राम प्रसाईं, सुदिप खवास, माधव खरेल, सागर राई, बाघधन राई, रिन्टु हस्दा, विशाल अग्रवाल, गणेश कटुवाल, रमेश उप्रेती, बिकी चौधरी र शारदा दाहाल चयन भएका छन् ।

समितिको सदस्य सचिवमा बिशन लिम्बूलाई मनोनित गरिएको छ ।

बिर्तामोड नगरपालिका खेलकुद विकास निर्देशिका अनुसार कार्यपालिका बोर्डले मनोनित गरेको व्यक्ति नगर खेलकुद विकास समितिको अध्यक्ष रहने व्यवस्था छ ।

त्यस्तै, निर्देशिकामा समितिको उपाध्यक्ष र सदस्य सचिवमा नगरप्रमुखले तोकेको व्यक्ति रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer