२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

१४ औँ साफ च्याम्पियनसिप फुटबल भारतमा हुने


बिर्तामोड, फागुन ३ । १४ औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को हिजो बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप–२०२३ भारतमा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताको मिति र ठाउँ तय हुन बाँकी नै छ । मार्च १० मा आयोजना स्थल तय हुने जनाएको छ ।

भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथोपटक हो । यसअघि सन् १९९९, २०११ र २०१५ मा च्याम्पियनसिप भारतमा आयोजना भएको थियो ।

बंगलादेशले ३ पटक, नेपाल, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाले समान २ पटक आयोजना गरेका छन् । सन् २००८ को संस्करण भने माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका थिए ।

नेपालले सन् १९९७ र पछिल्लोपटक २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो ।

तीन दशक लामो इतिहास रहेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । पछिल्लोपटक सन् २०२१ मा माल्दिभ्समा च्याम्पियनसिप आयोजना हुँदा नेपाल पहिलोपटक फाइनल पुगेको थियो । त्यसको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।

साफ च्याम्पियनसिप भारतले सर्वाधिक ८ पटक, माल्दिभ्सले २ पटक, बंगलादेश, श्रीलंका र अफगानिस्तानले एकपटक जितेका छन् ।

नेपालमा आयोजना भएको साफ च्याम्पियनसिप अफगानिस्तानले जितेको थियो । अन्तिमपटक अफगास्तिानले २०१५ को संस्करणमा भाग लिएको थियो ।

यसअघिको संस्करणमा ५ टोलीको सहभागिता रहेको थियो भने यसपटक साफका सबै ७ सदस्य राष्ट्रको टोलीको सहभागिता रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer