२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

शिक्षा बहुउद्देश्यीय सहकारीद्वारा ऋणी सदस्यको कर्जा मिनाहा


बिर्तामोड, साउन ५ । शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले ऋणी सदस्यको कर्जा मिनाहा गरेको छ । झापाको बिर्तामोड–४ निवासी सरस्वती भट्टराईको मृत्युपछि कर्जा मिनाहा गरिएको हो ।

शिक्षा बहुउद्देश्यीय सहकारीमा नियमित कारोबार गर्दै आएकी भट्टराईको गत चैत २४ गते क्यान्सर सम्बन्धी रोगका कारण मृत्यु भएको थियो ।

महिला उद्यमी समूहको सदस्य समेत रहेकी भट्टराईको मृत्युपछि संस्थामा तिर्न बाँकी देखिएको एक लाख ८० हजार १५५ रुपैयाँ ऋण मिनाहा गरिएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए ।

सहकारी संस्थाका उपाध्यक्ष हेमराज मिश्रका अनुसार ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा गर्ने संस्थागत नीति छ । कर्जा मिनाहासँगै भट्टराई परिवारलाई मृत्यु संस्कार राहतबापत २० हजार रुपैयाँ प्रदान गरिएको छ ।

संस्थाका तर्फबाट प्रबन्धक शैलेन्द्र मेन्याङ्बो र सुशीला ढकालले भट्टराईका पति ऋषिराम खतिवडालाई कर्जा मिनाहाको पत्रसहित राहत रकम हस्तान्तरण गरेका छन् ।

ऋणी सदस्यको मृत्युपछि कर्जा मिनाहा दिने शिक्षा बहुउद्देश्यीय सहकारीको नीतिले पीडित परिवारलाई धेरै राहत मिलेको अनुभव गरेको खतिवडाले बताए ।

एक साताअघि पनि शिक्षा बहुउद्देश्यीयले झापाको धुलाबारी निवासी सञ्जयकुमार मेहताको मृत्युपछि उनले तिर्न बाँकी एक लाख ३१ हजार १३९ रुपैयाँ ऋण मिनाहा गर्दै राहतबापत १५ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer