२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

एक्सेल बैंकको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन


May be an image of 5 people, people studying and text

बिर्तामोड, साउन ५ । कोशी प्रदेशभरि कार्यक्षेत्र भएको झापाको एक्सेल डेभलपमेन्ट बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ ।

आज झापाको बिर्तामोडमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पानीझरीका बाबजुद रक्तदाताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सञ्चारकर्मी राजेन्द्र चौलागाईंले ७७ औँ पटक रक्तदान गरेका थिए ।

बैंकका बजार प्रमुख पंकज घिमिरेका अनुसार बैंकको १८ औँ वार्षिकोत्सव कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कोशी प्रदेशकै ठुलो विकास बैंकको रुपमा परिचित एक्सेलले विश्वव्यापी आर्थिक संकटको बेला पनि आफ्नो कारोबारमा बृद्धि गर्न सफल भएको थियो । बैंकले आर्थिक वर्ष २०७९/०८० मा १३ अर्ब २५ करोड रुपैयाँ बचत (निक्षेप) संकलन गरेको थियो ।

कोशी प्रदेशमा एक्सेल बैंकका ४४ शाखा सञ्चालनमा छन् । आगामी वर्ष कोशी प्रदेशका थप जिल्लामा ३ वटा शाखा विस्तार गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer