२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

भारतबाट रु १०० भन्दा बढी सामान ल्याए भन्सार लाग्ने


Adv sidebar_6

मेचीनगर, साउन ५ । भारतीय बजार किनमेल गरी ल्याइएका एक सय रुपैयाँभन्दा बढीका सामानमा अब भन्सार शुल्क लाग्ने भएको छ ।

सरकारले साउन १ गतेदेखि लागु हुनेगरी यस्तो नियम लगाएपछि झापाका सीमावर्ती नाका काँकरभिट्टा, भद्रपुर लगायत सबै क्षेत्रबाट एक सय रुपैयाँभन्दा बढीको सामान नेपाल भित्र्याए भन्सार तिर्नुपर्नेछ ।

यसअघि सीमावर्ती भारतीय बजारबाट घरायासी सामग्री किनेर नेपाल ल्याउँदा भन्सार लाग्दैनथ्यो । तर, सरकारी अधिकारीहरुले लागु गरिएको यो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने आँकलन गरेका छन् ।

पूर्वी नाका काँकरभिट्टामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउनेबारे आज मेचीनगर नगरपालिकामा छलफल भएको छ । शुक्रबार मेचीनगर नगरपालका र मेची उद्योग वाणिज्य संघको सहकार्यमा बसेको सर्वदलीय छलफलले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिराउने र त्यसको लागि बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीनवटा निर्णय गरिएको छ ।

कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले केन्द्रको नीतिअनुसार यो नियम लागु गरिने जिकिर गरे । छलफलपछि यो नियम कडाइका साथ कार्यान्वयनमा ल्याइने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer