२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

प्रदेशस्तरीय फुटसल आजदेखि, उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पस र आस्था कलेज खेल्दै


दमक, साउन ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आजबाट सुरु हुने प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेल दमक बहुमुखी क्याम्पस र आस्था कलेज दमकबीच हुनेछ ।

दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन खेल १२ः३० बजे हुने स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए ।

त्यस्तै, दोस्रो खेल मोडल क्याम्पस दमक र युनिक कलेज दमकबीच दिउँसो ०१ः३० बजे हुनेछ । आजको तेस्रो प्रतिस्पर्धा महेन्द्र मोरङ बहुमुखी क्याम्पसका विरुद्ध पथरी क्याम्पसबीच दिउँसो ०२ः३० बजे हुनेछ ।

चौथो खेल शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा र महेन्द्र बहुमुखी क्याम्पस धरानबीच दिउँसो ०३ः३० बजे हुनेछ भने आजको अन्तिम तथा पाँचौँ प्रतिस्पर्धा गौरादह कृषि क्याम्पस र दमक बहुमुखी क्याम्पसको टिम बिबीच ०४ः३० बजे हुने न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने छन् ।

दर्शकका लागि फुटसल कोर्ट वरिपरि बाँसको अस्थायी प्यारापिटको निर्माण गरिएको छ । विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer