२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक र दमक बहुमुखी क्याम्पस विजयी


दमक, साउन ८ । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको दोस्रो दिनको खेलमा छवटा क्याम्पस विजयी भएका छन् ।

दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक र दमक बहुमुखी क्याम्पस विजयी भए ।

काँकरभिट्टा बहुमुखी क्याम्पसले सुरुंगाको कनकाई क्याम्पसलाई ७–१ गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गर्यो । त्यस्तै, सुकुना बहुमुखी क्याम्पस मोरङले महेन्द्ररत्न क्याम्पस इलामलाई ४–३ गोल अन्तरले हरायो ।

मेची बहुमुखी क्याम्पस भद्रपुरले उर्लाबारी बहुमुखी क्याम्पसमाथि ७–३ गोल अन्तरको फराकिलो जित दर्ता गर्यो । महेन्द्र बहुमुखी क्याम्पस धरानले बिर्तामोडको कनकाई आदर्श क्याम्पसलाई ३–१ गोल अन्तरले हरायो ।

त्यस्तै, मोडल क्याम्पस दमकले बिर्तामोडको इन्द्रचन्द्र क्याम्पसलाई ५–२ गोल अन्तरले हराउँदै अघिल्लो् चरणमा स्थान पक्का गर्यो । आजको अन्तिम खेलमा दमक बहुमुखी क्याम्पस बि टिमले छिमेकी क्याम्पस श्रीयन्त्र कलेज दमकलाई ३–२ गोल अन्तरले हरायो ।

आयोजक युनियन सभापति सोविन न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको फाइनल खेल साउन १० गते हुनेछ ।

विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer